×

उद्योगमन्त्रीमा नाम सिफारिश भएका बालेनको क्याबिनेटबाट अमरेश आउट

images

काठमाडौं । उद्योगमन्त्रीमा नाम सिफारिश भएका डा. अमरेशकुमार सिंहको नाम अन्तिम समयमा हटाईएको छ । प्रधानमन्त्रीमा नियुक्त बालेन शाहले आजै पूर्ण क्षमतमा मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । रास्वपाले शाहको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गर्दा सिंहको पनि नाम थियो ।

तर, अन्तिममा प्रधानमन्त्री शाहले सिंहलाई सिफारिश गरिएको उद्योग मन्त्रालयपनि आफैंसँग राखेका छन् । प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयपनि आफूसँग राखेका छन् । सर्लाही–४ बाट निर्वाचित सिंहले सुरुमा परराष्ट्र मन्त्रालय मागेको बताईन्छ । तर, रास्वपा नेतृत्व सिंहलाई परराष्ट्र मन्त्रालय दिन तयार भएन । अन्तिममा उनलाई उद्योग मन्त्रालय सिफारिश गरिएपनि प्रधानमन्त्री शाहले सो मन्त्रालय पनि आफैंसँग राखेपछि सिंह मन्त्री बन्ने रेसबाट आउट भएका हुन् ।

अमरेश नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

शुक्रबार​ १३ चैत २०८२ ०१:०० PM मा प्रकाशित

प्रतिक्रिया