×

हमासले फिर्ता गर्‍यो चार बन्धकको शव

images

काठमाडौं । इजरायलले ६०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेसँगै हमासले चार बन्धकको शव फिर्ता गरेको छ । इजरायल र हमासबीचको सम्झौताको पहिलो चरण अन्तर्गत बन्धक र कैदीहरूको यो अन्तिम आदानप्रदान थियो ।

हमासले हस्तान्तरण गरेका चार बन्धकको शव अझै पहिचान हुन सकेको छैन । तर, हमासले उनीहरूको नाम सार्वजनिक गरेको छ । हमासका अनुसार यसमा ८६ वर्षीय सलोमो मन्सुर, ५० वर्षीय ओहाद याहालोमी, ५० वर्षीय साची इदान र ६९ वर्षीय इत्जिक अलग रात समावेश छन् ।

उनीहरूलाई ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यी बन्धकहरूको शव फिर्ता गरिएको पुष्टि गरेका छन् ।  योसँगै युद्धविरामको पहिलो चरणको सहमति अनुसार हमासले २५ जना बन्धकलाई रिहा गरेको छ छ । जसमा १७ जना इजरायली र ८ जना थाइल्याण्डका नागरिक रहेका थिए । त्यस्तै हमासले ८ जनाको शव पनि फिर्ता गरेको छ ।

पहिलो चरणमा ३३ जना बन्धक रिहा गर्ने सम्झौता भएको थियो । अब दोस्रो चरणको युद्धविराम सम्झौताको लागि बार्ता भइरहेको बताइएको छ ।

बीबीसी

बिहीबार १५ फागुन २०८१ ०७:५२ AM मा प्रकाशित

प्रतिक्रिया