×

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

images

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बसेको हो ।

बैठकमा सत्ता गठबन्धनको निर्णयमाथि छलफल हुने सांसद हरिबोल गजुरेलले जानकारी दिए ।

गठबन्धनको आज बिहान बसेको बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको छ । संसद् बैठक आजै बस्दै छ ।
आइतबार​ १५ फागुन २०७८ ०१:३८ PM मा प्रकाशित

प्रतिक्रिया