×

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न ढिलाइ, आज बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न पनि ढिला हुने

images

काठमाडौँ । संसद् बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बस्न सकेको छैन । समितिको बैठक बस्न ढिलाइ भएकाले आज बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न पनि ढिला हुने भएको छ । आज दिउँसो एक बजे बस्ने गरी बैठक बोलाइएको थियो ।

यता सत्ता गठबन्धनमा अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट आजै पास गर्ने सहमति भएको छ । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्न गठबन्धनमा सहमति जुटेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।

 आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई इण्डोप्यासिफिक रणनीति अन्तर्गत नभई आर्थिक सहयोगका रुपमा व्याख्या गर्दै पहिलो चरणको संसद बैठकमा एमसीसी सम्झौतासहित व्याख्यात्मक घोषणा प्रस्ताव पेश हुने र त्यसपछि दोस्रो पटक बैठक राखेर अनुमोदन गर्ने निर्णय भएको नेता पौडेलले बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

आइतबार​ १५ फागुन २०७८ ०१:२७ PM मा प्रकाशित

प्रतिक्रिया