काठमाडौं– आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ। बिहीबारको तुलनामा सुनको मूल्य ५०० ले घटेको छ भने चाँदी बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ९०० र एक तोलाको चाँदीको मोल पाँच हजार ७४० कायम भएको छ । बिहीबार प्रतितोला सुन तीन लाख १५ हजार ४०० र एक तोला चाँदीको मोल पाँच हजार ७२५ निर्धारण भएको थियो ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ९०० र एक तोला चाँदीको मोल पाँच हजार ५८५ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुन तीन लाख १३ हजार ५०० र एक तोला चाँदी पाँच हजार ५९५ मा खरिदबिक्री भएको थियो ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन पाँच हजार १८७ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया