काठमाडौं : आइसीसी टी२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ अन्तर्गतको खेलमा भारतले जिम्बाब्वेलाई ७२ रनले पराजित गरेको छ।
भारतसँग पराजित भएपछि जिम्बाब्वेको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ। जिम्बाब्वे एक खेल अगाडि नै सेमिफाइनल समीकरणबाट बाहिरिएको हो भने दक्षिण अफ्रिका एक खेल अगाडि नै सेमिफाइनल प्रवेश गरेको छ।
चेन्नईको एमए चिन्दाबरम स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २५६ रन बनाएको थियो। भारतले दिएको २५७ रनको विजयी लक्ष्य पछाएको जिम्बाब्वेले ६ विकेटको क्षतिमा १८४ रन मात्रै जोड्न सक्यो।
जिम्बाब्वेका लागि ओपनर ब्रायन बेनेटले भाभीको एक तर्फबाट पारी सम्हाल्दै खेले उनले ९७ रनको अविजित पारी खेले। उनले ५९ बलमा ८ चौका र ६ छक्का प्रहार गरे। अर्का ओपनर टाडीवनासी मरुमानीले २० रन बनाए। कप्तान सिकन्दर राजाले २१ बलमा समान दुई चौका र दुई छक्काको सहयोगमा ३१ रन बनाए । टोनी मुन्योङ्गाले ११ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
भारतको लागि बलिङतर्फ अर्शदिप सिंहले ३ विकेट लिए। वरुण चक्रवर्ती, अक्षर पटेल र शिवम दुबेले १-१ विकेट लिए। त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको भारतका लागि अभिषेक शर्माले सर्वाधिक ५५ रनको पारी खेले। उनले ३० बलमा समान ४ चौका र ४ छक्का प्रहार गरे। उनको यो विश्वकपमा मेडन अर्धशतकीय पारी थियो।
विश्वकपका समूह चरणको खेलमा चल्न नसकेका अभिषेक सुपर ८ का खेलहरूबाट पुनः फर्ममा फर्किएको जस्तो देखिन्छ। अर्का ओपनर सन्जु सामसनले २४ रन बनाए इशान किसनले ३८ रन बनाउँदा कप्तान सुर्यकुमार यादवले ३३ रन बनाए। हार्दिक पाण्ड्या ५० रनको अर्धशतकीय पारीमा अविजित रहे। उनलाई तिलक वर्माले राम्रो साथ दिए तिलकभरमा ४४ रनमा अभिजित रहे। यी दुईले पाँचौं विकेटका लागि ८४ रनको अविजित साझेदारी गरे।
जिम्बाब्वेका लागि बलिङतर्फ रिचार्ड न्गाराभा, ब्लेसिङ मुजरबानी, तिनोटेन्डा मापोसा र सिकन्दर राजाले १-१ विकेट लिए। भारतले जिम्बाब्वेलाई पराजित गर्दा दक्षिण अफ्रिकालाई एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउन सहज भयो।
प्रतिक्रिया