×

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

images

काठमाडौँ । व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने सत्तारुढ दलमा सहमति बनेसँगै नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्ने भएको छ । नयाँ बानेश्वरको संघीय संसद् भवनमा रहेको ल्होत्से हलमा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्न लागेको हो ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट आजै पास गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्न गठबन्धनमा सहमति जुटेको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई इण्डोप्यासिफिक रणनीति अन्तर्गत नभई आर्थिक सहयोगका रुपमा व्याख्या गर्दै पहिलो चरणको संसद बैठकमा एमसीसी सम्झौतासहित व्याख्यात्मक घोषणा प्रस्ताव पेश हुने र त्यसपछि दोस्रो पटक बैठक राखेर अनुमोदन गर्ने निर्णय भएको नेता पौडेलले बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

आइतबार​ १५ फागुन २०७८ ०१:१५ PM मा प्रकाशित

प्रतिक्रिया