×

टी-२० विश्वकपको खेल तालिका: समुह सी मा रहेको नेपालका सबै खेल मुम्बईमा हुने

images

काठमाडौँ ।  आइसीसी टी-२० विश्वकपको खेल तालिका सार्बजनिक भएको छ ।  आइसीसीले मंगलबार सार्बजनिक गरेको खेल तालिकामा नेपाल समुह सी मा परेको छ । नेपालको समुहमा इङल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन् ।

नेपालका विश्वकपका सबै खेल भारतको मुम्बईमा हुने भएका छन् । नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने दोस्रो खेल इटालीविरुद्ध फेब्रुअरी १२ मा खेल्ने तालिका रहेको छ ।  त्यस्तै तेस्रो खेलफेब्रुअरी १५ मा वेस्ट इन्डिजविरुद्ध खेल्ने छ भने चौथो खेल फेब्रुअरी १७ मा बंगलादेशविरुद्ध खेल्ने छ । 

विश्वकपका समुह :

समूह ए: भारत, पाकिस्तान, अमेरिका, नेदरल्याण्ड्स र नामिबिया । 

समूह बी: श्रीलंका, अष्ट्रेलिया, आयरल्याण्ड, जिम्बाब्वे र ओमान । 

समूह सी: इङ्गल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश, नेपाल र इटाली । 

समूह डी: न्यूजील्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई । 

२०२६ को फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने यो टी-२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरिरहेका छन् । यस विश्वकपमा कुल २० देशले खेल्दैछन् ।

विश्वकपको एकै समुहमा रहेका भारत र पकिस्तानबीचको खेल फेब्रुअरी १५ मा कोलोम्बोमा हुने छ । त्यसै प्रतियोगिताको फाइनल खेल अहमदावाद र कोलोम्बो दुई मध्ये एक स्थानमा हुनेछ । पाकिस्तान फाइनलमा पुगेमा कोलोम्बोमा फाइनल हुने छ भने अन्यथा अहमदावादमा हुने छ । 

 

Single Image

Single Image

बुधबार ११ मंसिर २०८२ ०९:०१ AM मा प्रकाशित

प्रतिक्रिया