×

सुनको मूल्यमा गिरावट

images

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ। आज सुनको मूल्य तोलामा दुई लाख ४१ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार १५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० र चाँदी तोलामा रुई सय ६५ ले घटेको हो। कात्तिक ३ गते सुन प्रतितोला दुई लाख ५३ हजार ५०० र त्यति नै तौलको चाँदी तीन हजार २८० मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

आइतबार​ १० कात्तिक २०८२ ०१:३५ PM मा प्रकाशित

प्रतिक्रिया