×

रुपन्देही–२- सत्ता गठबन्धनको समर्थन केशव थापालाई

images

काठमाडौं । सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ । गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरुले बुधबार वक्तव्य निकालेर थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।  पाँच दलीय सत्ता गठबन्धनको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि गठबन्धनका शीर्ष नेताहरुले एक विज्ञप्ति जारी गरी थापालाई गठबन्धनको तर्फबाट साझा उम्मेदवारका रुपमा समर्थन गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । रुपन्देही २ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङले उम्मेदवारी दिएका थिए । चेक बाउन्नसम्बन्धी मुद्दाका कारण निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो ।


 

बुधबार ९ कात्तिक २०७९ ०७:५० PM मा प्रकाशित

प्रतिक्रिया