×

नेपाल अमेरिकासँग १०६ रनले पराजित

images

काठमाडौँ । नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ । आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछाएको नेपालले ३९.२ ओभरमा अलआउट हुदै १५६ रन मात्र बनाएको हो ।

नेपालको ब्याटिंग नचल्दा अमेरिकाविरुद्ध ठुलो हार बेहोरेको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४० रन बनाएका थिए भने आसिफ सेखले ३७ रन बनाए भने। त्यस्तै भिम सार्कीले २९, आरिफ सेखले २०, सोमपाल कामीले ११ रन बनाएका थिए । त्यसैगरी कुशल भुर्तेल ०, कप्तान रोहित पौडेल २,  गुलशन झा ३, करण केसी २, सन्दीप लामिछाने ० मा आउट भएका थिए ।

त्यस्तै अमेरिकाका बलर हरमीत सिंहले सर्बाधिक ६ विकेट लिए भने सुभम रानजानेले २  रुशील उग्राकरले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउदै २६२ रन बनाएको थियो । अमेरिकाका लागि स्मित पटेलले सर्बाधिक ७५ रन बनाए भने मिलिन्द कुमारले अविजित ७० रन बनाए । त्यस्तै साइतेजा मुक्कामल्लाले ४२ रन,  सुभम रनजानेले १९ र हरमित सिंहले अविजित १६ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ सेख र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।

योजितपछि विश्वकप लिग-२ को अंक तालिकामा अमेरिका शिर्ष स्थानमा उक्लिएको छ । अमेरिकाको २१ खेलमा ३० अंक भएको छ । त्यस्तै नेपालको भने १७ खेलमा १२ अंक रहेको छ र हाल सातौं स्थानमा छ ।

अब सिरिजको अर्को खेल अमेरिका र युएईबीच मंगलबार हुने तालिका रहेको छ ।

आइतबार​ १० कात्तिक २०८२ ०८:२४ PM मा प्रकाशित

प्रतिक्रिया