×

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको लगातार तेस्रो जित

images

काठमाडौँ । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा लगातार तेस्रो जित हासिल गरेको छ ।

सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको २१५ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १६.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

अस्ट्रेलियाका लागि टिम डेभिडले ३७ बलमा १०२ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै मिचेल ओवेनले ३६, मिचेल मार्शले २२, ग्लेन म्याक्सवेलले २० रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले शाइ होपको १०२ र ब्राण्डन किङको ६२ रनको मद्धतले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो ।

योसँगै ५ खेलको सिरिजमा अस्ट्रेलियाले लगातार तेस्रो जित हासिल गरेको छ भने २ खेल अघि नै सिरिज जितेको छ ।

अब सिरिजको चौथो खेल आइतबार हुने छ ।

 

शनिबार ११ साउन २०८२ ०९:२७ AM मा प्रकाशित

प्रतिक्रिया