×

टीआरसी कार्यदलको बैठक- सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय

images

काठमाडौं।  सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ । कार्यदलको शुक्रबार बसेको बैठकमा सोमबार कानुनमन्त्री र सचिव, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव लगायतका सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।

कार्यदलमा एमालेका महेश बर्तौला, माओवादी केन्द्रका जनार्दन शर्मा र कांग्रेसबाट गृहमन्त्री समेत रहेका रमेश लेखक रहेका छन्। संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पीडितलाई केन्द्रमा राखेर टुंग्याउनका लागि असहमतिका चार बुँदामा सहमतिका लागि दलहरुबीच निरन्तर छलफल भइरहेको छ।

मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्यायाधिवक्ताले गम्भीर मानव अधिकार उल्लंघनको विषयमा ७० प्रतिशत सहमति जुटेको र आज कार्यदलले टुंगाे लगाउने तयारी गरेको छ।

शुक्रबार​ ११ साउन २०८१ १२:३५ PM मा प्रकाशित

प्रतिक्रिया