×

फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक

images

काठमाडौँ । अभिनेत्री बेनिशा हमालको जन्मदिन पारेर शुक्रबार उनको मुख्य भूमिका रहेको फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरबाट फिल्म मोहर देउकी कुप्रथालाई केन्द्रमा राखेर बनाइएको बुझ्न सकिन्छ । 

फिल्ममा अभिनेता पल शाह बेनिशा र नीति शाहसँग रोमान्टिक भूमिकामा छन् । फिल्म ‘मोहर’ जनै पूर्णिमा अर्थात साउन २३ देखि प्रदर्शनमा आउदैछ । ओम प्रतिकद्वारा निर्देशित फिल्ममा पल, बेनिशा, नीति, अर्जुन जंग शाही, रवीन्द्र झा, मिथिला शर्मा लगायतको अभिनय छ ।

ट्रेलरको लिंक: https://youtu.be/COxFguJ1Q2Y

 

शनिबार ११ साउन २०८२ ०९:१९ AM मा प्रकाशित

प्रतिक्रिया