काठमाडौं — नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। केही समययता उतारचढाव भइरहेको बहुमूल्य धातु सुनको भाउ आज भने बढेसँगै खरीदार तथा लगानीकर्ताहरूको ध्यान यसैतर्फ केन्द्रित भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य बढेर प्रति तोला २ लाख ८१ हजार ५ सय रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा आएको परिवर्तन तथा डलरको विनिमय दरमा आएको उतारचढावका कारण नेपाली बजारमा पनि सुनको मूल्य प्रभावित हुँदै आएको छ।
प्रतिक्रिया