×

मदन भण्डारी राष्ट्रिय पुरस्कार घोषणा

images

मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार घोषणा गरेको छ । 

फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार यसवर्ष धरानका कृष्ण राई र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय ललितपुरले पाउने आज जनाएको छ । दुवै पुरस्कारको राशि रु एक÷एक लाख रहेको छ ।

सोताङ अर्गानिक फार्म प्रालि सञ्चालनमार्फत राईले अर्गानिक खेती र समग्र उत्पादन, प्रोसेसिङ र बजारीकरणमा पु¥याउनुभएको योगदानस्वरूप उहाँलाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको फाउण्डेसनले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

यस्तै रु एक लाख राशिको उक्त पुरस्कार ७१औँ मदन जयन्तीका अवसरमा यही असार १४ गते राष्ट्रिय सभामा आयोजना हुने विशेष कार्यक्रममा उहाँलाई प्रदान गरिने छ ।

प्रेरणा माध्यमिक विद्यालय ललितपुरले उमेर र विपन्नताका कारण शिक्षाको पहुँचबाट टाढा हुन पुगेका किशोरी र महिलालाई विद्यालय शिक्षाको पहुँचमा पु¥याउने अभियानको नेतृत्व गरेको भन्दै यस वर्षको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशनले प्रत्येक वर्ष प्रदान गर्ने राष्ट्रिय पुरस्कार यसअघि हास्य कलाकार मह जोडी, शहीद पार्क हेटौँडा, मुटुरोग विशेषज्ञ डा भगवान कोइराला र सामाजिक अभियानकर्मी महावीर पुन, धुर्मुस सुन्तली फाउण्डेसन, प्रा डा सुवोध शर्मा, स्टाफ नर्स सुनिता सहकारी र एम्बुलेन्स चालक बोमबहादुर गुरुङले प्राप्त गरिसक्नुभएको छ ।

आइतबार​ १२ असार २०७९ ०५:०२ PM मा प्रकाशित

प्रतिक्रिया