×

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगन

images

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक सङ्ख्या नपुगेकाले आजै आधा घन्टाका लागि प्रतिनिधिसभाको बैठक स्थगन भएको छ ।
       
राष्ट्रियभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ माथि सैद्धान्तिक छलफल सकिएर कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जवाफ दिएपछि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा गणपूरकको प्रश्न उठाइएको थियो । 

 प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०का सांसद् झपटबहादुर रावलले बैठकमा गणपूरक सङ्ख्या यकीन गर्न माग गरेपछि सभामुख सापकोटाले तीन मिटेनको घन्टी बजाएर सङ्ख्या यकीन गराउन लगाउँदा विधेयक स्वीकृत गर्न ७९ सांसद उपस्थिति हुनुपर्नेमा ६३ मात्रै उपस्थिति भएको पाइएकाले बैठक स्थगन भएको हो ।

 तोकेभन्दा बढी रकम लिने म्यानपावर कम्पनीलाई कारबाहीको दायरामा ल्याई पीडित श्रमिकलाई राहत दिइएको, वैदेशिक रोजगार हेर्नेगरी अलग्गै प्रहरी युनिट खडा गर्ने तयारी भएको, पीडितलाई क्षतिपूर्ति दिनेक्रम जारी रहेको अवगत गराउनुभयो ।
       
 उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट एक लाख २१ हजारको रोजगारी सिर्जना गरिएको, सामाजिक सुरक्षा कार्यक्रममा वृद्धि हुँदै गएको, युवाको सीप सिकेर रोजगारमा जानेको सङ्ख्या वृद्धि हुने र मन्त्रालयको सेवा प्रवाहमा सुशासन तथा सुधारको क्रम वृद्धि हुँदै जाने विश्वास पनि व्यक्त गर्नुभयो ।
       
सभाको आगामी बैठकमा बाँकी रहेका मन्त्रालयगत विभिन्न शीर्षकमा उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने तय भएको छ । सभाको अर्को बैठक यही असार १३ गते सोमबार बिहान ११ बजे बस्नेछ ।

आइतबार​ १२ असार २०७९ ०५:१० PM मा प्रकाशित

प्रतिक्रिया