नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडामा एकदिवसीय शृङ्खला मात्रै खेल्ने

    images

    नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडामा एकदिवसीय क्रिकेट शृङ्खला मात्रै खेल्ने भएको छ ।

    विश्व कप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आयरल्यान्डमा त्रिदेशीय शृङ्खला खेल्नुअघि नेपालले क्यानडामा टी–२० र एकदिवसीय खेल्ने योजना थियो । तर भिसालगायतका कारण नेपालले क्यानडामा तीन खेलको एकदिवसीय शृङ्खला मात्रै खेल्ने एको हो । जसमा क्यानडाको राष्ट्रिय  टोलीसँग दुई खेल र स्थानीय क्लबसँग एक खेलको तालिका रहेको छ । 

    नेपालले आउँदो जुलाई १ तारिख अर्थात् असार १७ गते ओन्टारियो क्लबसँग तथा ४ र ५ तारिख अर्थात् असार २० र २१ गते क्यानडाको राष्ट्रिय टोलीसँग एकदिवसीय खेल खेल्नेछ । 

    विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, आयरल्यान्ड र नामिबियाबीचको एकदिवसीय शृङ्खला जुलाई ११ तारिख अर्थात् असारको २७ गतेदेखि सुरु हुनेछ । 

      आइतबार​ १२ असार २०७९ ०२:२२ PM मा प्रकाशित

      प्रतिक्रिया