×

घट्यो गाडी भाडा, अब कुन रुटको कति ?

images

काठमाडौं-  काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको भाडा घटेको छ। ५ किलोमिटरसम्मको न्यूनतम भाडामा १ रुपैयाँ घटेको हो। काठमाडौं उपत्यकामा छोटो दूरीको भाडा अब १९ रुपैयाँ भएको छ। हाल २० रुपैयाँ छ। नेपाल आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो ।

मन्त्रालयले नयाँ भाडादर राजपत्रमा प्रकाशित गरेको छ । काठमाडौं उपत्यकाभित्र ५.९ प्रतिशत, उपत्यकाबाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५.६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए । १० किलोमिटरसम्मको यात्रा गर्दा २५ रुपैयाँ, १५ किलोमिटरसम्मको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ रुपैयाँ, २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तोकिएको छ। 

काठमाडौं उपत्यकाबाट बागमती प्रदेशभित्र सञ्चालन हुने यातायातमा ४.१८ प्रतिशतले भाडा घटाउने निर्णय भएको छ। उक्त भाडादरमा यात्रुले १५ केजीसम्म सामान नि:शुल्क र सोभन्दा बढी १० केजीसम्म प्रतिकेजी ५ का दरले भाडा लिन पाउने भएका छन्। 

हेर्नुस् अब कुन रुटको भाडादर कति तोकियो

 
शुक्रबार​ १२ जेठ २०८० ११:३७ AM मा प्रकाशित

प्रतिक्रिया