×

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन- नेपाली कांग्रेस

images

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक सम्पन्न भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएर आएको भिजिट भिसा प्रकरणबारे छलफल भएको थियो ।

त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट भइरहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता कतैबाट पुष्टि नहुने बैठकले निश्कर्ष निकालेको छ । मन्त्री लेखकले राजीनामा दिन नपर्ने पनि बैठकको निर्णय छ ।

बैठकलगत्तै मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता नरहेको र निर्दोष रहेको दाबी सुनाए । तर, यस प्रकरणबारे गृहमन्त्री लेखकले सदनबाट जवाफ दिने महतको भनाई छ ।

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’

सोमबार १३ जेठ २०८२ ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया