×

राष्टब्यापी फुल कन्ट्याक्ट करांते प्रतियोगिता काठमाडौंमा हुने

images

नेपाल क्योकुशिन बुदो करांते साकाई इन्टरनेशनल संघको आयोजनामा यहि चैत १८ र १९ गते राष्टब्यापी फुल कन्ट्याक्ट करांते प्रतियोगिता २०७८ काठमाडौंमा हुने भएको छ। आज संघद्वारा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमको जानकारी गरायिएको हो। 

उक्त कार्यक्रममा कम्तीमा १३ जिल्लाका १५० जना खेलाडीहरुको उपस्थिति रहने पनि संघले बताएको छ ।  कार्यक्रमको सभापतित्व कार्यबाहक अध्यक्ष सन्त कुमार बलामीले गरेका थिए ।कार्यक्रम संघकै ब्रान्च चिफ राम बहादुर बम्जन लगायत संघका अन्य प्रतिनीधी साथै विभिन्न संघ संस्था मा संबद्ध ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो। 

उक्त पत्रकार सम्मेलन मा सो  कार्यक्रममा सहभागी हुने प्रतियोगीहरुको ब्यबस्था साथै प्रतियोगितामा सहभागी हुने प्रतियोगीको तौल सम्बन्धि जानकारी गराइएको थियो । कार्यक्रममा पहिलो दोस्रो तेस्रो र सान्त्वना गरी सम्पुर्ण बिजेता खेलाडी हरुलाई सिल मेडल प्रमाण तथा नगद पुरस्कारले सम्मानित गरिने संघ का महासचिब अजय महर्जनले जानकारी गराए ।

उक्त कार्यक्रममा बाट सहभागी हुने खेलाडीहरु लाई संघले गाडी भाडा, खान र बस्नको समेत ब्यबस्था गरेको संघका महासचिबले जानकारी गराएका थिए ।

शनिबार १२ चैत २०७८ १०:३९ PM मा प्रकाशित

प्रतिक्रिया