×

घट्यो सुनको मुल्य

images

काठमाडौं । सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९७० रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँमा झरेको छ ।

बुधबार १४ फागुन २०८१ ०१:५४ PM मा प्रकाशित

प्रतिक्रिया