×

नेपाल बाट चीन हुँदै तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ

images

काठमाडौं । नेपाल चाइना चेम्बर अफ कमर्स, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सो तेस्रो मुलुकका लागि निर्यातको शुभारम्म भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सो कार्यक्रमको उद्घाटन गरेका छन् । सुरुआती चरणमा खाद्यान्न निर्यात गरिने जनाइएको छ । सो वस्तु नेपालबाट चीन हुँदै जापान पठाउन लागिएको हो ।
कार्यक्रममा आपूर्ति सचिव दुवाडीले यो कार्यले अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै चिनियाँ राजदूत सोङले नेपालमा उत्पादन भएका सामानहरू निर्यात गर्न हर प्रकारको सहजीकरण गर्ने बताए । यो कार्य राजदूत सोङकै अगुवाइमा सम्पूर्ण कुराहरू चीनले व्यवस्थापन गरी सुरू गरेको बताइएको छ ।  
यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तेस्रो मुलुकमा सामान निर्यातले राम्रो कार्य प्रारम्भ भएको बताए । यसले पर्यटन प्रवर्द्धनसहित नेपालको समग्र विकासमा चिनियाँसहित अन्य मुलुकको सहयोगको आशा रहेको पनि बताए ।यस्तै, नेपाल चाइना चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरले मुलुकमा व्याप्त आयातलाई प्रतिस्थापन गरी निर्यातलाई प्रोत्साहन गर्न यो गतिलो उदाहरण हुने र चीनले नेपालको विकास र समृद्धिका लागि हर कुरामा सहयोग गर्ने बताए । 

शुक्रबार​ १२ माघ २०८० ०२:३६ PM मा प्रकाशित

प्रतिक्रिया