×

एसीसी पुरुष यू-१९ प्रिमियर कप अन्तर्गत आज नेपालले साउदी अरेबियासँग खेल्ने

images

काठमाडौं । एसीसी पुरुष यू-१९ प्रिमियर कप अन्तर्गत आज नेपालले साउदी अरेबियासँग खेल्ने तालिका रहेको छ । एकदिवसीय फर्म्याटमा हुने यस प्रतियोगिता अन्तर्गतको यो खेल नेपाली समय अनुसार बिहान १०: ४५ बजेदेखि शुरु हुने छ ।  

क्यानले अशोक धामीको कप्तानीमा १४ सदस्यीय टिम यो प्रतियोगिता खेल्न युएई पठाएको छ । नेपाली टिममा अशोक धामी (कप्तान), निरज यादव (विकेटकिपर), निश्चल क्षेत्री, आशिष लोहार, सुशील रावल, किब्रिन श्रेष्ठ, दारश सोनार, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, रोशन विक, अपराजित पौडेल र भान्स क्षेत्री रहेका छन् ।

नोभेम्बर २१ देखि डिसेम्बर १ सम्म हुने यू-१९ प्रिमियर कपमा नेपाल समुह ए मा हङकङ र साउदी अरेबियासँग रहेको छ । यस प्रतियोगितामा १४ देशले भाग लिएका छन् भने शिर्ष तीन देश यू-१९ एशिया कपमा छनौट हुने छन् ।

मङ्गलबार १० मंसिर २०८२ १०:०५ AM मा प्रकाशित

प्रतिक्रिया