×

नेप्से २१.३० अंकले बढ्यो, ५ अर्ब ७५ करोडको कारोबार

images

काठमाडौँ । आज नेप्सेमा परिसूचकमा वृद्धि भएको छ । नेप्से सोमबार २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा पुगेको हो ।

आजको कारोबारमा विभिन्न ३१७ कम्पनीका एक करोड ८ लाख ७७ हजार ९४२ कित्ता शेयर ५ अर्ब ७५ करोड ३२ लाख १९ हजार ६५२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज नारायणी डेभलपमेन्ट बैंकको सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने विकास हाइड्रोको शेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज आरबिबी म्युचुअल फण्ड १ को शेयर सबैभन्दा बढी ३.८७ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको ७६ करोड ९६ लाख र हिमालयन रिइन्सुरेन्सको २३ करोड ३९ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

 

सोमबार ९ भदौ २०८२ ०७:४७ PM मा प्रकाशित

प्रतिक्रिया