काठमाडौँ । अभिनेता सौगात मल्ल फिल्म 'मितज्यू' मा अनुबन्ध भएका छन् । अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको यस फिल्मको निर्माण टिमले मल्ललाई अनुबन्ध गरेको हो ।
यस फिल्मका लागि यसअघि नै दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भएका छन् ।
फिल्मको कथा महेश राईको रहेको छ भने निर्माता जनक घर्ती मगरले निर्माण गर्दै छन् । निर्देशक अनिल बुढा मगर र निर्माता जनक घर्ती मगरको यो दोस्रो सहकार्य हो । दुवैले यसअघि फिल्म ‘घरज्वाइँ’ बनाएका थिए ।
फिल्मको सिनेमाटोग्राफी शिशिर बिशङ्खेले सम्हाल्नेछन्। ‘जि.एम. मुभिज प्रोडक्सन प्रालि’ को ब्यानरमा निर्माण हुने यो फिल्म मंसिर दोस्रो हप्तादेखि पोखरा आसपास र ढोरपाटन क्षेत्रमा छायांकन सुरु गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।
फिल्म यसै वर्षको चैत २७ गते प्रदर्शन आउन सक्ने बताइएको छ ।
प्रतिक्रिया