×

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

images

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा अहिले बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनुका साथै यस कार्यालयको खर्च कटौती गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

आज सांसदहरूले सोधेको प्रश्नको गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आइतबार​ १० असार २०८० ०८:४३ AM मा प्रकाशित

प्रतिक्रिया