×

भरतपुर महानगरकाे कुल बजेट ६ अर्ब (पूर्णपाठ)

images

चितवन। चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ। आइतबार बसेको नगरसभा बैठकमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष २०८०/८१ को लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको हुन ।

यसपटक आन्तरिक आय ५० करोड रुपैयाँ वृद्धि गर्ने लक्ष्य महानगरपालिकाको छ । चालु आर्थिक वर्षमा महानगरपालिकाले १ अर्ब २५ करोड आन्तरिक राजश्व उठाउने लक्ष्य राखेको थियो । तर, हालसम्म महानगरपालिकाले ९६ करोड ५८ लाख मात्रै राजश्व उठाउन सकेको छ ।  आगामी आर्थिक वर्षका लागि १ अर्ब ७५ करोड उठाउने लक्ष्य लिएको छ । आन्तरिक आयमा घरजग्गा रजिस्ट्रेसन एवं खानी तथा खनिजजन्य पदार्थको बाँडफाँड समेत राखिएको छ ।

‘मध्य नेपालको सुन्दर शहर : समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ भन्ने मूल नारा दिएको भरतपुरले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि उत्पादन, खानेपानी, दिगो पूर्वाधार विकास निर्माण तथा प्रभावकारी सेवा प्रवाहमार्फत् सुशासन कायम गरी महानगरवासीलाई परिवर्तनको प्रत्यक्ष लाभ पुर्‍याउन कटिबद्ध रहेको महानगरपालिकाले जनाएको छ । धुर्मुस-सुन्तलीले सुरू गरेर अधुराे रहेको गाैतमबुद्ध अन्तर्राष्ट्रिय र‌ंगशाला निर्माणका लागि  ३ कराेड बजेट विनियोजन गरिएको छ ।

 
आइतबार​ १० असार २०८० ०२:५७ PM मा प्रकाशित

प्रतिक्रिया