×

स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य बढे

images

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।

डलरको विकल्पमा सुन थुपार्ने बढेको कारण  नेपालमा एक वर्षमै तोलामा २२ हजारले महँगियो र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

सोमबार १२ चैत २०८० ११:३१ AM मा प्रकाशित

प्रतिक्रिया