×

केपी ओली चुनावी गठबन्धन गर्न सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन् : माधव नेपाल

images

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पुग्ने गरेको आरोप लगाएका छन् ।   शुक्रबार महिला संघको भेलालाई काठमाडौमा सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।


‘केपी शर्मा ओली हाम्रो गठबन्धन टुटाउन खोज्दैछन्, उनी अर्को गठबन्धन बनाउन खोज्दैछन्, त्यसका लागि सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन्, राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन्, दक्षिणपन्थी शक्तिसँग मिल्न खोजिरहेका छन्’ पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल भने ।

आफूहरु भने वामपन्थी र लोकतान्त्रिक शक्ति भएको दाबी उनले गरे । त्यसैले लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिसँग मिलेर चुनावमा जाने उनले बताए । त्यसअघि संगठन निर्माण गर्न र आफ्नो हैसियत कायम गर्न उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।

उनले कैलालीबाट प्रधानमन्त्री पत्नी आरजु राणाले गठबन्धनबाट चुनाव लड्ने बताएको भन्दै उनलाई धन्यवाद दिए । ‘धन्यवाद छ आरजु देउवालाई, विचार मिल्नेसँग मिल्न सकिन्छ, मोहनविक्रम उपेन्द्र यादव, नेकपा माओवादीले काँग्रेसको पनि एउटा हिस्सा हामीसँग मिल्न चहिरहेको छ’, उनले भने, ‘विचार मिल्नेहरूसँग मिल्न सकिन्छ ।’

उनले आगामी चुनावमा कांग्रेससँग गठबन्धन गर्ने उनले बताए । 

शुक्रबार​ ११ चैत २०७८ ०२:४४ PM मा प्रकाशित

प्रतिक्रिया