काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ निष्पक्ष चुनाव भए नेकपाको नतिजा राम्रो आउने बताएका छन्।
बुधबार पार्टी कार्यालय पेरिसडाडामा बामबुद्धिजीविहरूसँग छलफल गर्दै प्रचण्डले अहिलेको स्थिति हेर्दास्वच्छ निष्पक्ष चुनाव भए केहि स्थानमा बाहेक अधिकांश स्थानमा नेकपाको नजिता राम्रो आउने बताएका हुन्। उनले अहिले चूनावका लागि नेकपाको जस्तो सक्रियता अरु कसैको नदेखिएको जिकिर गरे।
मुलुकको परिवर्तनको बाहक आफूहरू नै भएकाले हिजोका सहयात्रीहरुसंग मिलेर वैदेशिक दलालहरूका विरुद्ध लाग्नुपर्ने जिम्मेवारी पनि नेकपाकै रहेको उनले बताए।
प्रचण्डले निर्वाचनका क्रममा कसैलाई गाली गलौज गर्नुभन्दा राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र संकटबाट देशलाई बचाउने कुरा गरिरहेको धारणा राखे। उनले निर्वाचनका लागि स्वच्छ वातावरण बनाउनका लागि बुद्धिजीवीहरूको भूमिका समेत निकै महत्वपूर्ण रहेको बताए।
दाहालले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा नेकपाले ६५ भन्दा धेरै सिट जित्ने दाबी गरेका छन् । उनले नेकपाले ६५ देखि ७० सीटसम्म प्रत्यक्षमै जित्ने अनुसन्धानको रिपोर्ट आउन थालेको दाबी गरेका हुन् ।
आज (बुधबार) पार्टी कार्यालय पेरिसडाँडामा वाम बुद्धिजीविहरूसँगको छलफलमा प्रचण्डले यस्तो बताएका हुन् । निर्वाचनको मितिसम्म पुग्दा नेकपाले अझै बढि मेहनत गरेर नतिजा झनै राम्रो आउनसक्ने उनको विश्वास छ ।
यो निर्वाचनमा नेकपा अरूभन्दा अघि रहेको कुरा विरोधीहरुले समेत भन्न थालेको भन्दै पहिलो दल हुन सकिने प्रचण्डको दाबी छ । दाहालले भने,‘अब निष्पक्ष निर्वाचन हुने हो भन्दा हाम्रो रिजल्ट राम्रै हुने देखिन्छ। पहिलाको भन्दा राम्रो हुन्छ त हाम्रा कट्टर विरोधीले नि भन्न थाल्या छन्। अब कतिपयले त रिपोर्ट निकाल्दा खेरि होइन यिनीहरू त अप्रत्याशित रूपमा धेरै आउने भए, ६५ देखि ७० सम्म सिट त यिनले प्रत्यक्षमै जित्ने भए भन्ने पनि भन्न थालेका छन्।’
नेकपाले भोलि अपरान्ह २ बजेको लागि निर्वाचन परिचालन समितिको बैठक बोलाएका छन् । भोलि दिउँसो ३ बजे भने पत्रकार सम्मेलन गरेर अपिलसमेत जारी गरिने जनाईएको छ ।
प्रतिक्रिया