×

संसद बैठक १५ गतेसम्मका लागि स्थगित

images

काठमाडौं । प्रतिनिधिसभा (संसद) बैठक फेरि सूचना टाँसेर स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।

तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।

शुक्रबार​ १३ फागुन २०७८ ०१:१८ PM मा प्रकाशित

प्रतिक्रिया