×

आजदेखि श्री स्वस्थानी व्रतकथा सुरु,शाली नदीमा भक्तजनहरूको बिहानै देखि भीड

images


काठमाडौं ।  प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा आजबाट सुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । शाली नदीमा भक्तजनहरूको बिहानै देखि भीड लागेको छ ।शंकरापुर नगरपालिका (साँखु) स्थित पवित्र तीर्थस्थल शाली नदीमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला तथा श्री स्वस्थानी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । यसपटकको मेलामा २२ देखि २५ लाख भक्तजनहरुले मेलाको अवलोकन गर्ने आयोजक श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिले जनाएको छ ।

एक महिनासम्म सञ्चालन हुने मेलामा यसपटक २ सय १५ जना व्रतालुहरु एक महिनासम्म एक छाक चोखो खाना खाएर व्रत बस्ने गर्दछन् । भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै मन्दिर परिसरको शान्ति सुरक्षालाई सुदृढ पारिएको समितिले जनाएको छ । सुरक्षाका लागि सामुदायिक प्रहरी सेवा केन्द्र तथा विशेष प्रहरी टोली परिचालन गरिने भएको छ ।

बिहीबार ११ माघ २०८० १२:०२ PM मा प्रकाशित

प्रतिक्रिया