×

आचार्यको आत्मदाहले राज्यको हरेक निकाय असफल भएको पुष्टि गरेको छ- मेयर बालेन शाह

images

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ। आचार्यको उपचारकै क्रममा बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो। उनको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की मंगलबार साँझनै कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेकी थिइन्। उनले आचार्यलाई भेटेर स्वास्थ्य अवस्था बुझेकी थिइन्।

यसैबीच उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले आफैंलाई आगो लगाएर जलाउने प्रेमप्रसाद आचार्यको निर्णयमा आफूहरू दोषी रहेको बताएका छन्।

महानगरपालिकाका मेयर बालेन शाहले पनि आचार्यको निर्णय राज्यको असफलताका कारण भएको बताएका छन्। साहले सामाजिक सञ्जालमा लेखेका छन् ‍-'आत्मदाहका धेरै कारण र धेरै सङ्केतहरू होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक सङ्केत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अङ्गहरू असफल भएका छन् ।'

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्- ...एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो। र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो। उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यका हरेक तप्का, निकाय र अंगहरू असफल भएका छन्।...

बुधबार ११ माघ २०७९ ११:४४ AM मा प्रकाशित

प्रतिक्रिया