×

शाहीको नेतृत्वमा कर्णाली प्रदेश ब्याडमिन्टन संघ गठन

images

 

टक्क बहादुर शाहीको नेतृत्वमा कर्णाली प्रदेश ब्याडमिन्टन संघ गठन भएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव श्री बिश्वामित्र संजेलको प्रमुख आतिथ्यतामा भएको प्रथम प्रदेश अधिवेशनले शाहीको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय कार्य समिति गठन गरिएको नेपाल ब्याडमिन्टन संघका उपमहासचिव नविन विक्रम शाहले बताएका छन् ।
कार्यसमितिको उपाध्यक्ष द्वयमा अनिल बुढा र गुमान सिंह बस्नेत, सचिव डिलबहादुर गौतम, कोषाध्यक्षमा भुपेन्द्र मल्ल रहेका छन् । यस्तै सदश्यहरुमा सुशील उपाध्याय, प्रमोद शाही, हरिलाल बुढा र कृषन शाही सर्वसम्मत चयन भएका छन् ।
नेपाल ब्याडमिन्टन संघले कर्णाली प्रदेश ब्याडमिन्टन संघका नवनियुक्त कार्यसमितिका सदस्यहरुलाई हार्दिक बधाईका साथ आगामी कार्यकालको सफलताको शुभकामना दिएका छ ।

आइतबार​ ८ पुस २०८० ११:०० AM मा प्रकाशित

प्रतिक्रिया