×

२६ औं एनएसए (नेपाल पौडी संघ) कप राष्ट्रिय पौडी प्रतियोगिता बुधबार

images


नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा २६ औं एनएसए (नेपाल पौडी संघ) कप राष्ट्रिय पौडी प्रतियोगिता बुधबार र बिहिबार हुने भएको छ ।
सातदोवाटोस्थित बातानुकुलित (हिटिङ्ग) पौडी पोखरीमा आयोजना हुने प्रतियोगितामा उमेर समूह र खुल्ला गरि कुल ५१ विधामा प्रतिस्पर्धा हुने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।
उमेर समूह अन्तरगत १० बर्ष मूनी, १२ बर्ष मूनी, १४ बर्ष मूनी र १७ बर्ष मुनीको ५० मिटर फ्रिस्टायल, ब्याक स्ट्रोक, बटरफ्लाई र ब्रेष्ट स्ट्रोक तथा ४ गुणा ५० मिटर फ्रिस्टायल रिले  र खुल्ला तर्फ ५० मिटर, १०० मिटर २०० मिटर फ्रिस्टायल, ५० मिटर र १०० मिटर ब्याकस्ट्रोक, बटरफ्लाई र ब्रेष्ट स्ट्रोक विधामा प्रतिस्पर्धा गरिने छ ।
उमेर समूह र खुल्ला गरि करिव १५० खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने अध्यक्ष बज्राचार्यले बताए । उमेर समूहमा उत्कृष्ट अंक हासिल गर्ने शिर्ष ३ टिमलाई च्याम्पियनसिप ट्रफी प्रदान गरिने छ ।
नेपालमा बातानुकुलित पौडी पोखरीको निर्माण पश्चात नेपाल पौडी संघले पहिलो पटक चिसो मौसममा राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्न लागेको हो । बातानुकुलित पौडी पोखरीको निर्माणले नेपालमा अव सुनसुकै मौसममा पनि प्रशिक्षण गर्न र प्रतियोगिता आयोजना गर्न सकिने भएको छ । जसले आगामी दिनमा नेपाली खेलाडीहरुको क्षमता अभिबृद्धिमा निकैने सहयोग पुग्ने अध्यक्ष बज्राचार्यले बताए ।
 

आइतबार​ ८ पुस २०८० ०५:१५ PM मा प्रकाशित

प्रतिक्रिया