×

बैंकर्स संघको साधारणसभाले पाँच जना सदस्य चयन

images

काठमाडौं।नेपाल बैंकर्स संघको कार्यसमितिमा ५ जना सदस्य चयन भएका छन्। बैंकका प्रमुख कार्यकारीहरूको संगठन संघको हिजो  शनिबार भएको ३७ औं साधारण सभाबाट सदस्य चयन भएका हुन्
संघको सदस्यमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ चयन भएका छन्।

संघका सदस्य लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेको कार्यकाल पुरा भएको छ भने नेपाल एसबीआइ बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार डे र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ सदस्यमा यथावत छन्।

आइतबार​ ८ पुस २०८० ११:१६ AM मा प्रकाशित

प्रतिक्रिया