नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि२०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्तहुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डल (प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्याक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख) को
मतभारको व्यवस्था रहेको छ ।मतभार कायम गर्दा पछिल्लो राष्ट्रिय जनगणना अनुसारको कूल जनसङ्ख्यालाईआधार मानी कायम गर्नुपर्ने हुन्छ ।तसर्थ हाल राष्ट्रिय जनगणना २०७८ सम्पन्न भै जनगणनाको प्रतिवेदन समेतसार्वजनिक भैसकेकोले सो प्रयोजनका लागि उक्त ऐन बमोजिम राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिस
समेतका आधारमा प्रदेश सभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाकाप्रमुख तथा उपप्रमुखको लागि १९ मतभार कायम हुने गरी आयोगबाट मिति २०८० मंसिर ०६ गते निर्णयभएको छ।
यस अगाडिका राष्ट्रिय सभा सदस्य निर्वाचनमा उक्त मतभार प्रदेश सभा सदस्यका लागि ४८ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १८ रहेको थियो।
प्रतिक्रिया