काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले आफूलाई केहि दिन फोन नगर्न र म्यासेज नपठाउन आग्रह गरेका छन् ।
मन्त्री पुनले बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै आफु मन्त्रालयमा एउटा गतिलो र सिर्जनशिल टीम बनाउन व्यस्त रहेकाले केहि दिन फोन नगर्न र म्यासेज नगर्न आग्रह गरेका हुन् । उनले भनेका छन्- अस्तिदेखि मोबाईलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल र मेसेज आईरहेका छन् । म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशिल टीम बनाउन व्यस्त छु । त्यसैले केहि दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला ।
शिक्षामन्त्रीको कार्यभार सम्हाले पछि मन्त्री पुनले मंगलबार तीन निर्णय गरेका छन् ।
१- नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने ।
२- केहि बिश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ बर्ष सम्म लगाउँदा रहेछन्। विद्यार्थीहरुको लागि त्यो अपुरणिय क्षति हो। त्यसैले बिश्वविद्यालय लाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा मै परीक्षाफल ननिकाल्ने बिश्वविद्यालयहरुको अनुदान रोक्का गरि दिने । राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्दा रहेछन् ।
३- त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरु नकाट्ने) सफा गरि सुन्दर बँगैचा सहित फुटपाथ बनाएर बिश्वविद्यालयलाई आकर्षक बनाउने ।
प्रतिक्रिया