काठमाडौँ । आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से २७.८९ अंकले घटेर २६५४.३५ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३१७ कम्पनिका ९४ लाख ८ हजार ६६३ कित्ता शेयर ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ५६३ मा कारोबार भएको थियो । आज होटल तथा टुरिजम र म्युचुअल फन्डबाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।
आज माथिल्लो मैलुन खोला जलविद्युत र सिटी होटलको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै उन्नत सहकार्य लघुवित्तको सबैभन्दा बढी ५.३८ प्रतिशतले गिरावट आएको छ ।
त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २२ करोड १३ लाख र नेपाल रिइन्सुरेन्सको १७ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया