×

रास्वपाको केन्द्रीय समितिको बैठक आजपनि बस्दै

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठक आज दिउसो १ बजेदेखि शुरु हुने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

मंगलबारदेखि शुरु भएको बैठकमा अब १० केन्द्रीय सदस्य र पदाधिकारीले बोल्न बाँकी रहेको प्रवक्ता झाले बताए ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, आगामी २१ फागुनमा हुने निर्वाचन रणनीति र पार्टीको ऐतिहासिक महाधिवेशनका विषयमा छलफल हुने झाले जानकारी दिएका छन् । बैठकमा समसामयिक अवस्थाबारे छलफल, प्रदेश सभापतिहरूबाट प्राप्त विवरण प्रस्तुति, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी संगठन र विभागसँग सम्बन्धित विषय, आगामी प्रतिनिधिसभा निर्वाचनको रणनीति, पार्टीको महाधिवेशन र विविध विषयमा चर्चा हुने जानकारी गराएका छन् ।

 

बुधबार ८ असोज २०८२ ०७:५९ AM मा प्रकाशित

प्रतिक्रिया