×

सडक बिभाग तोक्यो फोकल पर्सन, सडकको अवस्था बारे जानकारी लिन सकिने

images

काठमाडौँ । सडक बिभागले मुलुकभरीको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन फोकल पर्सन तोकेको छ ।

बिभागले सर्बसाधारण सबैले टोल फ्री नम्बर ९८५१४१६८९३ मा फोन गरी आफ्ना गुनासा, सुझाब, आबश्यक जानकारी दिन हुन अनुरोध रहेको छ । साथै गुनासा, सुझाव, आवश्यक जानकारी प्राप्त भएपछि सडक बिभागको सम्बन्धित निकायमा प्रेषित गरी तत्काल सम्बोधन गर्न प्रयास गरिने विभागले जानकारी दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले यसअघि विभागलाई फोकल पर्सन तोक्न निर्दशन दिएका थिए ।

 

बुधबार ८ असोज २०८२ १०:३४ AM मा प्रकाशित

प्रतिक्रिया