विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले पाँच सय र एक हजार दरका नोटको नोटबन्दी गर्ने हल्लामा सत्यता नभएको बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संन्क्षिप्त कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै सोच नै नभएको बताएका हुन् । उनले भने- यस विषयमा केहि सोच बनेको छैन, त्यतिकै बोल्न मिल्दैन ।
त्यस्तै मन्त्री खनालले प्रदेश संरचना खारेज बारे सोधिएको प्रश्नमा संविधान अनुसार बनेका संरचना खारेज नहुने स्पष्ट गरेका थिए ।
भारत सरकारले जिएसटी गरेको परिवर्तनको नेपालमा असरका बारेमा सोधिएको प्रश्नमा अर्थमन्त्री खनालले आम मानिसको धारणा एकातिर भएको र तथ्यांकले क्षति पुग्ने नदेखिएको बताए । उनले कुनै क्षति पुग्ने अवस्था भए सुधार गर्ने बताए ।
प्रतिक्रिया