×

बारा २ मा उपेन्द्र यादवलाई अग्रता, कसले कति मत प्राप्त गरे ?

images

बारा । बारा २ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् ।

सोमबार दिउँसो मतगणना सुरु भएपछि पहिलो पटक सार्वजनिक भएको मतपरिणाममा यादव अग्रता लिएका छन् ।

दिउँसो १ बजेदेखि करैयामाई गाउँपालिका १ र सुवर्ण गाउँपालिका १ बाट मतगणना थालिएको हो। यादवले २२४ मतसहित अग्रता बनाएका छन्। उता उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७० मत ल्याएका छन्। 

तेस्रो नम्बरमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत ल्याएका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल ८० मतसहित चौथो स्थानमा छन्। 

सोमबार ११ बैशाख २०८० ०२:१८ PM मा प्रकाशित

प्रतिक्रिया