×

अबका निर्वाचन जनताका लागि विगतका गल्ती सच्चाउने अवसर : अध्यक्ष लिङ्देन

images

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब आउने निर्वाचन नेपाली जनताका लागी विगतका गल्ती सच्याउने अवसर भएको बताउनुभएको छ । 

गोरखा सदरमुकाममा आज आयोजित आमसभामा उहाँले जनताले दिने एक भोटले गलत पार्टी र गलत नेताले जिते देशले दुःख पाउने उल्लेख गर्नुभयो । आगामी वर्ष हुने तीनै तहको निर्वाचनमा सोचविचार पु¥याएर जनता र देशको पक्षमा हुने गरी मतदान गर्न अध्यक्ष लिङ्देनले सबैमा आग्रह गर्नुभयो । 

“गलत नेता र पार्टीको चयन गर्दा देशले दुःख पाउँछ, सोचेर भोट दिनुस्”, उहाँले भन्नुभयो । 

बिहीबार १० चैत २०७८ ०७:५३ PM मा प्रकाशित

प्रतिक्रिया