×

माओवादी केन्द्र प्रवक्ता महराका स्वकीय सचिव प्रमोद शर्मा पत्नीसहित एमालेमा प्रवेश

images

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन्।

पार्टीबाट असन्तुष्ट शर्माले दुई दिन अगाडि माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका थिए । उनी लुम्बिनी प्रदेश कमिटी सदस्यको आकांक्षी थिए । तर प्रदेश कमिटीमा नपरेपछि चर्को असन्तुष्टि व्यक्त गर्दै माओवादी केन्द्र छाडेको घोषणा गरेका थिए । उनले असन्तुष्टि जनाउँदै फेसबुकमा अस्वाभाविक ढंगले श्रृंखलाबद्ध स्टाटसहरु राखेका थिए ।

शर्मा र उनकी पत्नि सीता चौधरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा एमालेमा स्वागत गरेका हुन्।  शर्मा माओवादी घोराही उपमहानगर अध्यक्ष थिए भने पत्नी २०७४ को स्थानीय चुनावमा घोराही उपमहानगरपालिकामा माओवादीबाट उपमेयरमा चुनाव लडेर पराजित भएकी थिइन । 

बिहीबार १० चैत २०७८ ०१:२० PM मा प्रकाशित

प्रतिक्रिया