×

रुसका पाँच विमान र एक हेलिकोप्टर खसालेको युक्रेनी सेनाको दाबी

images

काठमाडौं  युक्रेनको सेनाले पाँचवटा रुसी विमान र एउटा हेलिकोप्टर खसालिदिएको दाबी गरेको छ। बिहीबार एक विज्ञप्ति निकालेर सेनाले नागरिकलाई शान्त बस्न आग्रह गरेको हो। 

“शान्त रहनुहोस् र युक्रेनी रक्षकहरूमाथि विश्वास गर्नुहोस्,” सशस्त्र फौजले आफ्नो वक्तव्यमा भनेको छ।

रुसी रक्षा मन्त्रालयले चाहिँ आफ्ना विमानहरू खसालिएको कुरा अस्वीकार गरेको छ। रुसले युक्रेनी सैन्य पूर्वाधारहरूलाई निशाना बनाइरहेको जनाएको छ।

युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले ट्विट गर्दै भ्लादिमिर पुटिनले ‘युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेको’ बताएका छन्।

बिहीबार १२ फागुन २०७८ ०१:२७ PM मा प्रकाशित

प्रतिक्रिया