एमसीसीमाथिको सैद्धान्तिक छलफल अघि बढाउने निर्णय

    images

      संसदमा एमसीसीमाथिको सैद्धान्तिक छलफल अघि बढ्ने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठकले सो निर्णय गरेको हो ।

      बैठकले सदनमा बोल्न चाहने सबै संसद सदस्यहरुले छलफलमा भाग लिन पाउने निर्णय समेत गरेको छ । बोल्ने सदस्यहरुलाई ५ मिनेटको समय उपलव्ध गराइने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । 

      प्रतिनिधिसभाको बैठक केहीबेरमा सुरु हुँदैछ । बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची छ ।

       

      बिहीबार १२ फागुन २०७८ ०१:५३ PM मा प्रकाशित

      प्रतिक्रिया