×

एमसीसीबारे चीनको कडा टिप्पणी- यो उपहार हो कि पाण्डोराज बक्स ?

images

अमेरिकी सहयोग परियोजना एमसिसीबारे उत्तरी छिमेकी चीनले फेरि प्रतिक्रिया जनाएको छ। नेपालको संसदमा छलफलको क्रममा रहेको एमसिसी सम्झौतामाथि चीनले बुधबार दोस्रो पटक  प्रतिक्रिया दिएको हो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एससीसी उपहार हो कि पान्डोराज बक्स हो भनेर प्रश्न गरेकी छिन् ।

अमेरिकाको नेपालस्थित दूतावासले ५०० मिलियनको एमसीसी अनुदानलाई अमेरिकी जनताको तर्फबाट उपहार भनेको भन्दै उनले चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भनेकी छन्, ‘उपहार अल्टिमेटमको प्याकेजसहित कहिलेबाट आउन थाल्यो, मलाई आश्चर्य लागेको छ ।’ उनले अगाडि भनिन्, ‘यस्तो उपहार जो कोहीले कसरी स्वीकार गर्न सक्छ ? यो उपहार हो वा पान्डोराज बक्स ?’ यो एमसीसी भन्ने प्रोजेक्ट नेपालीले भने जस्तै हेर्दा राम्रो, तर चपाउन गाह्रो मासुमा बदलिन सक्ने डर रहेको उनले बताइन् ।

अन्तर्राष्ट्रिय विकास सहायता दिँदा परस्पर सम्मान, समानता, कुनै देशको सार्वभौमिकता र त्यहाँका नागरिकको चासोको विषयमा आधारित हुनुपर्ने चीनको विश्वास रहेको उनले बताइन्। सहायतासँग  कुनै मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप, राजनीतिक स्वार्थ, धम्कीपूर्ण कूटनीति जोडिन नहुने उनको भनाइ छ।

अन्तर्राष्ट्रिय विकास सहयोग आपसी सहमति र समानताको सिद्धान्तमा आधारित हुनुपर्ने र सम्बन्धित देशको सम्प्रभुता र त्यहाँका जनताको इच्छाको सम्मान गर्नुपर्ने प्रवक्ता चुनयिङले बताइन् । उनले यस्तो सहयोग दिंदा सम्बन्धित देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने चीनको धारणा रहेको चुनयिङले बताएकी छन् । 

 गत माघ २७ गते अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेका थिए। फोन कुराकानीका क्रममा प्रचण्डलाई लुले एमसिसी पारित नभए चीनका कारण नभएको ठान्ने बताएको समाचार प्रकाशित भएका थिए। लुले टेलिफोन गरेको एक सातापछि चीनले नेपालमा अमेरिकाको धम्कीपूर्ण कूटनीतिको विरोध गर्ने बताएको थियो।

फागुन ६ गते भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले धम्कीपूर्ण कूटनीतिको विरोध गर्ने बताएका थिए।

बिहीबार १२ फागुन २०७८ ०१:३५ PM मा प्रकाशित

प्रतिक्रिया