काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको लोत्से हलमा बैठक बस्ने कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे बताए।
संसद्को अधिवेशन यही माघ १८ गतेबाट सुरु हुँदैछ । संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाईएको छ । सभापति देउवाले सरकारले हालै ल्याएका विभिन्न अध्यादेशको पक्षमा दृढताका साथ उभिन सांसदहरुलाई निर्देशन दिने भएका छन् ।
प्रतिक्रिया